प्रधानमन्त्री प्रचण्डले भेटे हमासद्वारा बन्दी बनाइएका विपिन जोशीका बुवाआमा
धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायलमा हमासद्वारा बन्दी बनाइएका कंचनपुरका विपिन जोशीका बुवाआमालाई भेटेका छन् ।
सुदूरपश्चिम महोत्सवका लागि धनगढी आएका प्रचण्डले धनगढी विमानस्थलमा जोशीका परिवारसँग भेटेका हुन् ।

जोशीको रिहाका लागि कुटनीतिक रुपमा सरकारबाट भरपुर पहल भइरहेको र चाँडै नै नतिजा आउने प्रधानमन्त्री प्रचण्डले जोशीका परिवारलाई बताएका छन् ।
२२ मंसिर २०८०, शुक्रवार १२:५१ बजे प्रकाशित












