प्रधानमन्त्री प्रचण्ड आज धनगढी आउँदै

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज धनगढी आउँदैछ्न् । आजदेखि धनगढीमा सुरु हुने सुदूरपश्चिम महोत्सवको१७औं संस्करण उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड धनगढी आउने भएका हुन् ।

सुदूरपश्चिम महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री आउने बताए ।
उनले भने, ‘प्रधानमन्त्री ज्यूले महोत्सवको उद्घाटन गर्ने निश्चित भएको छ। आज महोत्सवको उद्घाटन हुन्छ।’

कुँवरका अनुसार विगतका वर्ष झैँ यो पटक पनि प्रमुख अतिथिलाई मागहरू बराबरको माला लगाउने कार्यक्रम रहेको छ । संघले प्रधानमन्त्रीलाई १० बुँदे माग  सम्बोधनका लागि जानकारी गराउने र आफ्ना माग सहितको १० किलोको माला लगाउने छ ।

आजदेखि महोत्सव १० दिनसम्म चल्नेछ। यस पटक महोत्सवको टिकट खल्ती एप्सबाट पनि खरिद गर्न सकिने व्यवस्था संघले मिलाएको छ।


२२ मंसिर २०८०, शुक्रवार ०९:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु