हमासले गर्यो २४ जना बन्धकलाई रिहा
प्यालेस्टाइनी विद्रोही समूह हमासले युद्धविरामको पहिलो दिन शुक्रबार २४ जना बन्धकलाई रिहा गरेकाे छ ।
यस्तै, इजरायलले पनि ३९ जना प्यालेस्टाइनी कैदीबन्दी रिहा गरेको छ ।
इजरायलबाट रिहा हुनेमा २४ जना महिला र १५ जना किशोर-किशोरी रहेका छन् ।
थाइल्याण्डका प्रधानमन्त्री स्रेथा थाविसिनले १२ जना थाइ नागरिक रिहा भएको बताएका छन् ।
केही दिनअघि हमासले इजरायलबाट बन्धक बनाएर गाजा पुर्याएको इजरायली र अन्य २६ मुलुकका गरी २३९ जनामध्ये पहिलो चरणमा ५० जना बन्दीलाई मुक्त गर्ने सहमति भएको थियो ।
बदलामा इजरायलले गजामा आक्रमण नगर्ने र इजरायली जेलमा रहेका १५० जना कैदीलाई रिहा गर्ने सहमति भएको थियो ।
९ मंसिर २०८०, शनिवार ०६:४९ बजे प्रकाशित











