nast

सुनको मूल्य बढ्यो, चाँदीको कति?

सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

आइतबारको तुलनामा छापावल सुन प्रतितोला दुई सय रूपैयाँले बढेको हो।

आइतबार छापावल सुन प्रतितोला एक लाख १५ हजार पाँच सय रूपैयाँमा काराेबार भएकाे  थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावल सुन प्रतितोला एक लाख १५ हजार सात सय रूपैयाँ तोकिएको छ।

त्यस्तै, तेजावी सुनको मूल्य एक लाख १५ हजार एक सय ५० रूपैयाँ तोकिएको छ। चाँदीको मूल्य भने स्थिर छ। चाँदी प्रतितोला १४ सय ५० रूपैयाँ?मा कारोबार भइरहेको महासंघले बताएको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


४ मंसिर २०८०, सोमवार ११:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु