कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ
कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ परेको छन्। जिल्लाको पुर्नवास नगरपालिका ११ डोके बजारका २० वर्षीय सुमित चौधरी र सोही ठाउँका १९ वर्षीय जोगराज चौधरी बिहीवार पक्राउ परेका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरीको टोली र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले दोदा पुल स्थित हुलाकी सडकखण्डमा चेकजाँच गर्दा ७७० मिलिग्राम लागुऔषध ९खैरो हिरोइन० फेलापारी दुवै जनालाई पक्राउ गरेको हो।
८ भदौ २०८०, शुक्रवार ११:५० बजे प्रकाशित































