punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलारी गाउँपालिकाका एक वडा सदस्यको मृत्यु

Chaupati
safha napa

कैलालीको कैलारी गाउँपालिकाका एक वडा सदस्यको मृत्यु भएको छ। आइतबार कैलारी गाउँपालिका–८ दुधिया गाउँका ४२ वर्षीय वडा सदस्य माधुराम चौधरीको मृत्यु भएको हो।

शनिबार कैलारीबाट धनगढी आएका चौधरीको धनगढीमा मृत्यु भएको हो। उनको मृत्युपछि आज कैलारी गाउँपालिकाको कार्यालय एवं शिक्षण संस्थाहरुमा बिदा दिइएको छ।

कैलाली प्रहरीका अनुसार वडा सदस्यको मृत्यु रहस्यमय तरिकाले भएको भन्दै अनुसन्धान थालिएको छ।

प्रेसरका बिरामी समेत रहेका माधुराम अचानक लडेपछि राति नै अस्पताल लगिएको थियो। अस्पताल भर्ना गरिएका  उनको बिहान मृत्यु भएको गाउँपालिकाले जनाएको छ।

धनगढीको मायामेट्रो अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। यस्तै मृतक माधुरामको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

 


३ भदौ २०८०, आइतवार १५:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु