punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री प्रचण्डले गरे संसद्‌ खुलाउन राष्ट्रिय दलसँग छलफल

Chaupati
safha napa

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌मा जारी अवरोध खुलाउन प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलसँग छलफल गरेका छन्  ।
छलफल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारमा जारी छ ।

छलफलमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, संसदीय दलका प्रमुख सचेतक पदम गिरि उपस्थित भएका छन् ।

त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, रास्वपा सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलगायत दलका नेता सहभागी छन् ।

एमालेले १० साउनदेखि सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै संसद्  विरोध गर्दै आएको छ ।

झण्डै एक महिनादेखि अवरुद्ध प्रतिनिधि सभाको बैठक आइतवार दिउँसोका लागि बोलाइएको छ।


३ भदौ २०८०, आइतवार १३:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु