कैलालीमा ब्राउनसुगरसहित २ जना पक्राउ

कैलालीमा लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका २ त्रिनगरबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा
कंचनपुरको पुनर्वास-११ बस्ने १८ वर्षीय बिनय चौधरी र सोही ठाउँ बस्ने १८ वर्षीय बिकास चौधरी रहेका छन्। शनिवार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरुको साथबाट १०० मिलिग्राम लागु औषध बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीले उनीहरुमाथी थप अनुसन्धान भईरहेको जनाएको छ


३ भदौ २०८०, आइतवार ११:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु