शुक्रबार कति छ सुनचाँदीको भाउ ?

आज नेपाली बजारमा सुनकाे मूल्य स्थिर रहेकाे छ। बिहीबार १ लाख १० हजार ४ सय रूपैयाँमा काराेवार भएकाे सुन आज पनि साेहि मूल्यमा नै काराेवार भइरहकाे छ।

यस्तै तेजाबी सुन १ लाख ९ हजार ८ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ २० रूपैयाँले बढेकाे छ। बिहीबार १ हजार ३ सय ७० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ३ सय ९० रूपैयाँमा काराेवार भइरहेकाे छ।


१ भदौ २०८०, शुक्रवार १२:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु