सुदूरपश्चिमका तत्कालिन वन निर्देशक भट्टले डिभिजन वन कार्यालयहरुबाट मासिक रकम असुल्ने गरेको खुलासा
सुदूरपश्चिम प्रदेशका निबर्तमान वन निमित्त वन निर्देशक कृष्णदत्त भट्टले मातहतका कार्यालयहरुबाट मासिक रकम उठाउने गरेको खुलेको छ ।
पछिल्लो समय सार्वजनिक भएको एउटा भिडियोमा स्वयंम भट्टले मातहतका कार्यालयबाट रकम असुली गर्दै आएको खुलासा भएको छ ।
भिडियोमा मदिराले लठ्ठ परेको देखिएका भट्टले डिभिजन वन र सब डिभिजन वन कार्यालयहरुबाट अवैध रकम असुली गर्दै आएको बताएका छन् ।
मन्त्रालय स्रोतले उपलब्ध गराएको भिडियोमा निर्देशक भट्टले अछामबाट २० हजार, डोटीबाट ५० हजार, बझाङबाट २० हजार, कञ्चनपुरबाट ३० हजार, धनगढीबाट एक लाख रुपैयाँ उठाएको बताएका छन् ।
मन्त्रालय स्रोतले उपलब्ध गराएको भिडियोमा निर्देशक भट्ट मादक पदार्थ सेवन गरेको जस्तो देखिन्छन । उनले भिडिओमा भनेका छन, ‘उस्ले कति दियो मलाई २० दियो । कोले अछामले, बाजुराले दिएन । डोटीले ५० दियो । बझाङले २० दियो, दार्चुलाले दिएन । मतलब पनि भएन । बैतडीले दियो १४, कञ्चनपुरले ३० दियो। जोशी जीले ५० दिए ।’
उनलाई डिभिजन वन कार्यालय बाजुराले भने रकम पठाएको छैन। मन्त्रालय स्रोतका अनुसार डिभिजन वन र सब डिभिजन वन कार्यालयहरुले गैरकानूनी कामबाट कमाएको रकमबाट आधा रकम निर्देशक भट्टलाई पठाउने गरेका हुन्।
तत्कालिन उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मान बहादूर धामीलाई अश्लील गाली गरेर विवादमा आएका तत्कालिन निमित्त निर्देशक भट्ट रकम असुलीको भिडियो सार्वजनिक भएपछि झन बिवादमा तानिएका छन् । उनलाई डिभिजन वन कार्यालय बाजुराले भने रकम पठाएको छैन ।
मन्त्रालय स्रोतका अनुसार डिभिजन वन र सब डिभिजन वन कार्यालयहरुले गैरकानूनी कामबाट कमाएको रकमबाट आधा रकम निर्देशक भट्टलाई पठाउने गरेका हुन् ।
तत्कालीन वन निर्देशक हेमराज विष्टले भ्रष्टाचार मुद्दामा सफाई पाएपछि पुनः वन निर्देशनालयको ज
म्मेवारी सम्हालेका छन् ।
३२ साउन २०८०, बिहीवार १७:१५ बजे प्रकाशित













