punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भ्रष्टाचार मुद्दामा सफाइपछि विष्ट पुरानै जिम्मेवारीमा

Chaupati
safha napa

भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएपछि सुदूरपश्चिमका तत्कालीन वन निर्देशक हेमराज विष्ट पुरानै जिम्मेवारीमा फर्किएका छन्। सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले निमित्त निर्देशक विष्टलाई पुरानै जिम्मेवारी दिएको हो। भ्रष्टाचार मुद्दा लागेपछि निलम्बनमा परेका विष्टलाई अदालतले निर्दोष ठहर गरेपछि उनी पुनः निमित्त निर्देशकको रुपमा कामकाजमा फर्किएका हुन्।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रवक्ता जनक पाध्याका अनुसार उनलाई केहि दिनअघिदेखि निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो। ‘अदालतबाट सफाई पाएपछि उहाँ(विष्ट) मन्त्रालयमा हाजिर हुनुभएको थियो। मन्त्रालयले उहाँलाई पहिलेकै जिम्मेवारी वन निर्देशनालयको निमित्त निर्देशकका रुपमा कामकाज गर्नेगरी खटाएको छ,’ उनले भने।

झण्डै ७ करोड रुपैयाँ अकुत आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दामा मुछिएका विष्टले विशेष अदालतबाट सफाई पाएका थिए। विशेष अदालतले विष्टले गैरकानूनी सम्पत्ति आर्जन नगरेको ठहर गर्दै सफाइ दिएको हो।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र न्यायाधीश बलभद्र बास्तोलाले विष्ट र उनकी श्रीमती रुबी जिसीलाई अकुत आर्जनमा सफाइ दिएको थियो। विष्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ पुस २०७८ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।


३२ साउन २०८०, बिहीवार १६:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु