कैलालीका दुई क्लिनिक शिल

धनगढी । कैलालीका दुई क्लिनिक शिल भएका छन भने दुई क्लिनिक बन्द गरिएका छन्। औषधी व्यवस्था विभागले जिल्लाको धनगढी उपमहानगरपालिका क्षेत्रमा संचालनमा रहेका दुई क्लिनिक शिल गरेको छ भने दुई क्लिनकलाई बन्द गराएको  छ।

शुक्रबार र शनिबार गरिएको अनुगमनका क्रममा दर्ता नगरी  संचालन भैरहेको एउटा क्लिनिकको र सञ्चालक  नभइ संचालन भएको अर्को क्लिनिक  तत्काल बन्द गराइएको औषधी व्यवस्था विभाग नेपालगञ्जले जनाएको छ । दर्ता बिना सञ्चालन गरिएको धनगढी उपमहानगरपालिका–३ को अर्जुन क्लिनिक र धनगढी–१४ को प्रतिभा क्लिनिक शिल गरिएको हो ।

खुद्रा औषधी पसलमा बिक्री वितरणमा रोक लगाएको औषधी सञ्चय गरेको धनगढी–४ को आर्दश मेडिकल हलमा ताला लगाएको छ र १४ दिन सम्म बन्द गराएको छ  त्यस्तै दर्ता नभएको औषधी बिक्री गर्ने स्वप्निल मेडिकल हललाई ७ दिनका लागि बन्द गरिएको छ ।

विभागका अनुसार धनगढीको अस्पताल लाइनमा रहेको रघु मेडिकल स्टोरको सञ्चालक नभएको कारण तत्काल पसल बन्द गर्दै ७ दिनभित्र कारवाहीका लागि औषधी व्यवस्था विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

यस्तै, धनगढीको सारथी अस्पतालले प्रमाणपत्रमा उल्लेख भएको फर्मासिस्ट भन्दा अर्को फर्मासिस्टबाट औषधी बिक्री गराएको र लागु तथा मनोदिपक औषधीको रेकर्ड दुरुस्त नराखिएको पाइएपछि निजलाई औषधी व्यवस्था विमागमा उपस्थित गराउन निर्देशन दिएको छ ।

धनगढी– ८ को आशा फार्मेसीमा साइनबोर्ड नभएको, दर्ता नभएको औषधी सञ्चय गरेको, लागु तथा मनोदिपक औषधीको रेकर्ड दुरुस्त नराखेको पाइएपछि कारवाहीका लागि औषधी व्यवस्था विभागमा बोलाइएको छ।

अनुगमनका क्रममा क्याम्पस चोकको जया मेडिकल हलले विभागको ऐनअनुसार बिल फर्मेट नगराखेको पाइएकाले तत्काल सच्याउन निर्देशन दिइएको छ।


२८ साउन २०८०, आइतवार ०९:०४ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु