पहिरोले अवरुद्ध भीमदत्त राजमार्ग शुक्रबार दिउँसोबाट संचालनमा आउन सक्ने

धनगढी  । पहिरोका कारण अवरुद्ध  भीमदत्त राजमार्ग शुक्रबार दिउंसोबाट संचालनमा आउन सक्ने सडक डिभिजन कार्यालय कंचनपुरले जनाएको छ ।

सडक डिभिजन कार्यालय कंचनपुरका प्रमुख हरी सुवेदीका अनुसार अहिले पहिरो हटाउने कार्य भैरहेको छ । मौसमले साथ दिएको खण्डमा भोली दिउसो ४/५ बजे भित्र सडक एकतर्फी संचालनमा आउने छ ।

अविरल वर्षापछि पहिरोसँगै भासिएको भीमदत्त राजमार्ग सुचारु गर्न पहिरो हटाउन काम भैरहेको छ।

वर्षाका कारण पहिरो हटाउन समस्या भइरहेको सुवेदीले मर्निङ बेल डेलीलाई बताए। उनले भने, ‘हामी काम गर्दैछौ। मौसम राम्रो भयो भने काम चाँडै सकिने छ ।  १०० मिटर जति पहिरो हटाउन बांकी  छ। मौसम राम्रो भयो भने, भोली दिउंसो ४/५ बजे सम्म काम सकिने थियो।’

गत २१ गते राती देखि परेको अविरल बर्षाका कारण भीमदत्त राजमार्गको बुढीतोला -खानीडांडा अन्तरगतको सडक अवरुद्ध  बनेको हो ।

 

 


२५ साउन २०८०, बिहीवार १६:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु