कैलालीबाट लागुऔषधसहित २ व्यापारी पक्राउ
कैलाली । कैलालीको गोदावरी नगरपालिका ८ स्याउले बजारबाट लागुऔषध सहित २ व्यापारी पक्राउ परेका छन। बिहिवार लागु औषध सहित स्याउलेमा चम्फा ट्याक्टरको पाटपुर्जाको पसल संचालन गर्ने धनगढी उपमहानगरपालिका-५ हसनपुर का ३२ बर्षीय सरद चौधरी र एक फेन्सी पसल संचालक मधुसुदन पन्त पक्राउ परेका हुन।
पक्राउ परेका चौधरीको साथबाट ६ ग्राम ७९० मिलीग्राम र पन्तको साथबाट २४० मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
दुवैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिएसपी गणेश बरालले बताएका छन ।
१२ साउन २०८०, शुक्रवार ११:५५ बजे प्रकाशित













