punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अनुमति विना क्लिनिक र फार्मेसी सञ्चालन गर्ने चार जना पक्राउ

Chaupati
safha napa

धनगढी । धनगढीका विभिन्न स्थानबाट अनुमति विना क्लिनिक र फार्मेसी सञ्चालन गर्ने चार जना पक्राउ परेका छन्। बिहिवार धनगढी उपमहानगरपालिकाको- २ र ३ मा सञ्चालनमा रहेका मेडिकलबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पक्राउ पर्नेमा धनगढी–३ बस्ने एभरेष्ट मेडिकलका सञ्चालक ३० वर्षीय अमर चौधरी, मानवी हाम्रो मेडिकल फार्मेसीका सञ्चालक २५ वर्षीय नवीन धामी, फारवेष्ट प्याथोलिजीका सञ्चालक ३३ वर्षीय दिपक महरा र धनगढी–२ बस्ने रेस्मी क्लिनिक फार्मेसीका सञ्चालक ७३ वर्षीय गोरख बहादुर श्रेष्ठ रहेका छन्।

उनीहरुलाई सामाजिक विकास मन्त्रालय स्वास्थ्य शाखाको टोली र जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी निरीक्षक सन्तोष बस्यालको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो।


१२ साउन २०८०, शुक्रवार ०८:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु