बाजुरामा ट्याक्टर खोलाले बगाउँदा चालक चौधरी बेपत्ता
बाजुरा । बाजुरामा खोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता भएका छन्। मार्तडी–कोल्टी सडक अन्तर्गत बडिमालिका नगरपालिका–९ स्थित अनाइ खोलाले ट्याक्टर बगाएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ट्याक्टर चालक कैलालीको जोशीपुर गाउँपालिका–६ का डुबनारायण चौधरी बेपत्ता भएका छन्।
आइतबार राति कोल्टी जाने क्रममा अनाइ खोलाले से २ त ३२२५ नम्बरको ट्याक्टर बगाएको थियो। उक्त ट्याक्टर २० मिटर तल ढुंगामा अड्किएको अवस्थामा भेटिएको छ।
चालकको खोजीका लागि टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाजुरा डीएसपी कबिन्द्रसिंह बोहराले बताए।
८ साउन २०८०, सोमवार ११:२२ बजे प्रकाशित































