punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मौसम : तीन दिनसम्म भारी वर्षाको छैन

Chaupati
safha napa

आजदेखि तीन दिनसम्म भारी वर्षाको सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्युनचापीय रेखा सरदर स्थानभन्दा तल रहेकाले भारी वर्षा नहुने देखिएको हो। मौसमविद्का अनुसार, मौसमको न्युनचापीय रेखा जति तल सर्‍यो पानी पर्ने सम्भावना उति नै कम रहन्छ। माथी सर्‍यो भने धेरै पानी पर्छ।

अहिले न्युनचापीय रेखा सरदर स्थानभन्दा तल अर्थात् नेपालभन्दा केही टाढा पर्छ। त्यसकारण भारी वर्षाको सम्भावना कम देखिएको हो। तर, हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै छ।

अहिले पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भइ पहाडी भू-भागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 


३ साउन २०८०, बुधवार ०७:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु