कस्तो छ आज सुनचाँदीको भाउ ?
बुधबार र बिहीबार लगातार घटेको सुनको मूल्य साताको अन्तिम कारोबार दिन शुक्रबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँ बढेर एक लाख ११ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रूपयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको भाउ प्रतितोला एक लाख ११ हजार २५० रूपैयाँ कायम भएको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रूपैयाँ बढेर एक हजार ४२५ रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदी एक हजार ४०५ रूपैयाँमा कारोबार भएको थियो ।
१ असार २०८०, शुक्रवार ११:४० बजे प्रकाशित












