एमाले कैलालीका कार्यबाहक अध्यक्षको माग – चालु अधिवेशनमा नै विश्व विद्यालयको ऐन आओस्
कैलाली नेकपा (एमाले) कैलालीका कार्यवहाक अध्यक्ष दुर्गाप्रसाद जोशीले चालु अधिबेशनमै शहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्व विद्यालय स्थापनाका लागि ऎन प्रस्तुत गर्न माग गरेका छन् ।
आज एक विज्ञप्ती जारी गर्दै उनले यस्तो माग राखेका हुन् । साथै उनले विश्व विद्यालय स्थापनाका लागि आन्दोलनमा उत्रेकालाई धन्यवाद समेत दिएका छन् ।विज्ञप्तीमा मार्फत उनले जेठ १८ देखि ३० गतेसम्म सञ्चालिन आन्दोलनमा सहभागी पार्टी नेता, कार्यकर्ता, शुभचिन्तक, पत्रकार र आम कैलालीवासीलाई धन्यवाद दिएका हुन् ।
नेपाल सरकारले संसदमा व्यक्त गरेको धारणालाई पर्ख र हेरको अवस्थामा पुगेको जोशीले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
३१ जेठ २०८०, बुधवार २१:३८ बजे प्रकाशित













