विश्वकप अभ्यास खेल : नेपालले युएईलाई दियो २७७ रनको लक्ष्य

एकदिवसीय विश्वकप क्रिकेट छनोटको अभ्यास खेलमा नेपालले यएईलाई २७७ रनको लक्ष्य दिएको छ।

जिम्बाब्वेस्थित ओल्ड हर्यारियन्स स्टेडियममा जारी खेलमा नेपालले १ बल अगाडी नै अलआउट हुँदै २७६ रन बनाएको हो ।

नेपालका लागि आसिफ शेखले ५२ र कुशल मल्लले ४६ रन बनाए । यस्तै कुशल भूर्तेल ३९, आरिफ शेख ३५, सोमपाल कामी १५, गुल्सन झा १० तथा दीपेन्द्र सिंह ऐरी र भीम सार्की ८-८ रन बनाएर आउट भए ।

नेपालले विश्वकप क्वालिफायर अघि दुईवटा अभ्यास खेल खेल्नेछ । पर्सि नेपालले ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।


३० जेठ २०८०, मंगलवार १७:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु