गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन दबाब प्रदेश प्रमुख कार्यालय घेराउ
कैलाली ।कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन दबाब दिन प्रदेश प्रमुख कार्यालय घेराउ गरिएको छ ।
शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आज प्रदेश प्रमुख कार्यालय घेराउ गरेको हो । उनिहरुले मुखमा र आखामा कालो पट्टी बाधेर बिरोध गरेका थिए ।
यस अघि हिजो प्रदेश सभा भवन घेराउ गरिएको थियो ।
२०७९ साल माघ २९ गतेको मन्त्रीपरिषद् बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।
तर, सरकारले १०० शय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भन्दै बजेट विनियोजन गरेपछि सुदूरपश्चिममा आन्दोलन सुरु गरिएको हो ।
३० जेठ २०८०, मंगलवार ११:०० बजे प्रकाशित













