दार्चुलामा एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

लेकम गाउँपालिका २ भटाइजरकी ३३ वर्षीया पार्वती सार्कीको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

बिहिवार दिउँसो गराडी स्वास्थ्य चौकीमा बच्चा जन्माएकी सार्कीलाई उच्च रक्तस्रावको समस्या देखिपछि थप उपचारका लागि शुक्रवार बिहान हेलिकप्टरमार्फत उद्धार गरि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ ।

 


२६ जेठ २०८०, शुक्रवार ११:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु