राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार शुक्रबार बिहान ११:३० बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने तय भएको छ।

बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा हुनेछ।

हालै सकिएको केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयन सम्बन्धी र पार्टी संगठनलाई चलायमान बनाउनेबारे पनि कार्यसम्पादन समिति बैठकमा छलफल गर्ने तयारी छ ।


२६ जेठ २०८०, शुक्रवार १०:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु