punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सरकारले गरेको निर्णयलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नु स्वभाविक : प्रचण्ड

Chaupati
safha napa

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेको निर्णयलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नु स्वभाविक भएको बताएका छन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा भारत भ्रमण लगाएतका विषयमा जानकारी गराउदै प्रधानमन्त्री प्रचण्डले यसअघि दुईपटक पठाइएको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नगरेर संविधान उल्लंघन गर्ने काम भएकाले संकट उत्पन्न भएको भन्दै अहिलेको सरकारको अनुरोधमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु स्वभाविक भएको बताएका हुन् ।

उनले राष्ट्रपतिले प्रक्रिया पुर्‍याएर पठाएको विधेयक प्रमाणीकरण नगरे विधेयकको अवस्था के हुन्छ भन्ने संविधानबाट स्पष्ट हुन नसक्दा समस्या भएको बताए । विधेयक उत्पति भएको ठाउँ खोज्दै जाँदा सरकार नै हो भन्ने निष्कर्षमा पुगेर राष्ट्रपतिलाई जानकारी गराएको र विधेयक प्रमाणीकरण भएको उनको भनाइ छ । उनले यस विषयमा अदालतमा मुद्धा परिसकेको अवस्थामा अदालतले दिने आदेश स्वीकार्य हुने बताए ।

प्रधानमन्त्री प्रचण्डले सीमा नाकामा देखिएको समस्या दुईदेशीमिलेर समाधान गर्ने विषयमा सकारात्मक वातावरण बनेको जिकिर गरे । उनले भूमि सट्टा पट्टाका बारेमा कुनै कुरा नराखेको र यस विषयमा आवश्यक परे प्रमाण देखाउन पनि तयार रहेको बताए । मुलुकको हितको पक्षमा भारत भ्रमणका क्रममा विवेकले भ्यायसम्म प्रयास गरेको र आफू सम्मानीत भएको महशुस भएको उनको भनाइ छ । उनले आफ्नो भ्रमण आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने दिशामा केन्द्रित रहेको बताए ।

नेपालगञ्ज र भैरहवाबाट नयाँ दिल्ली लगायतका भारतका अन्य शहरमा दुई तर्फी उडान गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको उनले बताए । त्यसैगरी, जलविद्युतका क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा समेत बलियो सहमति निर्माण भएको प्रधानमन्त्री प्रचण्डले बताए ।

नेपाल र भारतबीच रहेको बहुआयामिक र घनिष्ठ सम्बन्धलाई समानता र आपसी लाभका आधारमा थप मजबूत बनाउन भ्रमणले योगदान गरेको उनको भनाइ छ । त्यस्तै उहाले गत वर्ष सम्पन्न आम निर्वाचनपश्चातको पहिलो विदेश भ्रमणको रूपमा रहेको यो भारत भ्रमण विगतका भ्रमण भन्दा फरक पाएको र भविष्यका लागि स्पष्ट मार्गदर्शन समेत कोरेको जिकिर गरे ।


२४ जेठ २०८०, बुधवार १३:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु