प्रधानमन्त्री बुधबार दिउँसो १ बजे नेपाल एयरलाइन्समार्फत भारत जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाने समय तय भएको छ ।

बुधबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ प्रस्थान गर्ने तालिका तय भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ । भ्रमण दलमा ६० जनाभन्दा कमै हुने बताइएको छ ।

“बुधबार दिउँसो १ बजे नेपाल एयरलाइन्सबाट जाने तय भएको छ,” , “भ्रमण टोलीमा ६० जनाभन्दा कम नै सहभागी हुने तयारी भएको छ ।”

प्रधानमन्त्री प्रचण्ड चारदिने भ्रमणका लागि बुधबार भोलि भारत जान लागेका हुन् ।

 


१६ जेठ २०८०, मंगलवार १३:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु