punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टीकापुर घटनामा मारिएका टेकबहादुर साउदको घरमा पुगे रेशम-रन्जिता

Chaupati
safha napa

कैलाली । रेशम चौधरी र रञ्जिता चौधरी टेकबहादुर साउदको घर पुगेका छन् ।
स्व. टेकबहादुर टीकापुर घटनामा मारिएका अढाई वर्षीय बालक हुन् ।

कारागारबाट रिहा भएर कैलाली पुगे लगत्तै उनीहरू साउदका अभिभावक भेट्न पुगेका हुन् ।

साउदको अभिभावकलाई रेशमले घटनाको सत्यतथ्य बाहिर ल्याउन आफूले पनि पहल गर्ने बताए

उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दा धेरै तथ्य बाहिर आउने भन्दै सरकारलाई उक्त प्रतिवेदन सार्वजनिक गर्न समेत आग्रह गरेका हुन् ।

हिजो रिहा भएलगत्तै चौधरीले बालक सहित अन्य प्रहरी अधिकारीहरूले पनि न्याय पाउनु पर्ने बताएका थिए ।

त्यसको लागि उच्च स्तरीय आयोग बनाउनु पर्ने उनको माग छ ।

उनले टीकापुर घटना पहिचानको आन्दोलनका क्रममा भएको भन्दै यसलाई राजनैतिक ढङ्गबाट हल गरिनु पर्ने बताउँदै आइरहेका छन् ।

रेशम पत्नी रन्जिता सोही क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचन हुँदै हाल मन्त्री छिन् ।

आज उनले पनि सरकारले उक्त घटनामा सहादत प्राप्त गरेकाहरुलाई न्याय दिनु पर्ने बताएकी हुन् ।

रन्जिता सुरुबाटै उनीहरूले न्याय पाउनु पर्ने र टिकापुर घटनाको तथ्य बाहिर आउनु पर्ने बताउँदै आइरहेकी थिइन् ।

२०७२ भदौ ७ गते आन्दोलनका क्रममा अढाइ वर्षका साउद सहित ८ प्रहरीको ज्यान गएको थियो ।


१६ जेठ २०८०, मंगलवार १२:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु