रेशम चौधरीलाई आम माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले जेलमा रहेका रेशमलाल चौधरीको बाँकी कैद सजाय माफी मिनाहका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको छ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चौधरीको बाँकी कैद सजाय माफी मिनाहका लागि राष्ट्रपतिको कार्यालयमा सिफारिस गर्ने निर्णय भएको जानकारी दिइन्।

उनले सरकारले गणतन्त्र दिवसका अवसरमा चौधरीको बाँकी सजाय मिनाहसँगैआममाफी दिन सिफारिस गरिएको बताइन्। यस्तै बैठकले चौधरीसँगै केही कैदीको बाँकी सजाय मिनाह र केहीको सजाय माफी गर्ने निर्णय गरेको छ।

सरकारले गरेको सिफारिस राष्ट्रपति कार्यालयले कार्यान्वयन गरे नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरी भोलि गणतन्त्र दिवसका अवसरमा जेलमुक्त हुनेछन्।

 


१४ जेठ २०८०, आइतवार १७:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु