मन्त्रिपरिसद बैठक सुरु

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकमा आर्थिक वर्ष २०८०/ ०८१ को बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । सरकारका तर्फबाट भोलि सोमबार अपराह्न ४ बजे बजेट प्रस्तुत हुँदै छ र जेठ १७ गते प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान गर्ने कार्यक्रम तय भएसँगै आजको बैठक यी विषयमा केन्द्रीय रहने बुझिएको छ ।


१४ जेठ २०८०, आइतवार १०:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु