तोलामा १०० रुपैयाँले बढ्यो सुनको मूल्य
साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य बढेको छ। मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा १०० रुपैयाँले बढेपछि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५५० रुपैयाँ पुगेको छ।
यसअघि सोमबार भने सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो। सोमार छापावाल सुन प्रतितोला १ लाख ११ हजार र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।
मंगलबार चाँदीको मूल्य भने यथावत् रहेको महासंघले जनाएको छ। सोमबारजस्तै मंगलबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार ३७५ रुपैयाँ छ।
२ जेठ २०८०, मंगलवार १२:२१ बजे प्रकाशित































