बिद्यालयलाई खेलकुदका सामाग्री वितरण
एशियन लाईफ इन्स्योरेन्स लिमिटेड डडेलधुरा शाखाले १५ औं वार्षिकोत्सवका अवसरमा बिद्यालयलाई खेलकुदका सामाग्री वितरण गरेको छ ।
जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ८ बागचौर बकण्डेमा रहेको भुमिराज प्राथमिक बिद्यालयलाई शैक्षिक समाग्री वितरण गरेको हो ।
वार्षिकोत्सवकै अवसरमा संंस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत डडेल्धुरा शाखाले भलिबल,कर्क व्याटमान्टन स्कीपिं डोरी र सानो बल व्याट हस्तान्तरण गरेको कार्यालय प्रमुख रमेश विष्टले जानकारी दिए । शाखा प्रमुख विष्टलेले संचालक समिति अध्यक्ष र प्रअलाई संयुक्त रुपमा मंगलवार हस्तान्तरण गरेका हुन् ।
२१ चैत २०७९, मंगलवार २२:२७ बजे प्रकाशित












