घट्यो हवाई भाडा

काठमाडौं । नेपाल आयल निगमले हवाइ इन्धनको भाडा घटाएसँगै वायुसेवा सञ्चालक संघले हवाइ भाडा घटाएको छ । आजबाट लागू हुने गरी हवाइ इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैया घटेसँगै उडानको पनि भाडा घटाइएको वायु सेवा सञ्चालक सँघले जनाएको छ ।

संघका अनुसार काठमाडौंबाट भद्रपुरसको ३०० र विराटनगरको २४० रुपैयाँ घटेको छ । त्यस्तै, माउन्टेन फ्लाइटको ३४५ रुपैयाँ घटेको छ । यसैगरी जनकपुरकको भाडा १३० रुपैयाँ र भरतपुरको १०५ रुपैयाँले घटेको छ ।

यता पोखराको १५५ रुपैयाँ हवाई भाडा घटेको छ । सबैभन्दा बढी भाडा काठमाडौंबाट धनगढीको उडानका लागि घटेको छ । यो रुटको भाडा ४४० रुपैयाँ भाडा घटेको हो ।

यस्तै काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३ सय ४५ रुपैयाँले भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा ५ हजार ४९० रुपैयाँ कायम भएको छ । काठमाडौंबाट भद्रपुरका लागि ३ सय रुपैयाँ भाडा घटेको छ ।


२१ चैत २०७९, मंगलवार २२:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु