रवि लामिछानेविरुद्धको रिटको पेशी भोलि नै
सर्वोच्च अदालतमा मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाले हेर्न नमिल्ने भनेपछि स्थगित भएको रवि लामिछानेविरुद्धको रिटको पेशी बुधबारका लागि तोकिएको छ ।
लामिछानेविरुद्धको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइमा आफू पनि रहेको भन्दै सिन्हाले राहदानीसम्बन्धी मुद्दाको सुनुवाइ गर्न अस्वीकार गरेका थिए ।
२१ चैत २०७९, मंगलवार १८:५४ बजे प्रकाशित












