उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठको उम्मेदवारी दर्ता

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । मंगलबार श्रेष्ठ नेतृत्वको टीमले सामूहिक उम्मेदवारी दर्ता गराएको हो ।

श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा अरुण सुमार्गी र वस्तुगततर्फतर्फको उपाध्यक्षमा मनिषलाल प्रधानले उम्मेदवारी दर्ता गरेका हुन् ।

एसोसिएट्सतर्फ श्रेष्ठ समूहसँग सहकार्य गर्दै उपाध्यक्षमा भरतराज आचार्यले स्वतन्त्र प्यानलबाट उम्मेदवारी दर्ता गरेका छन् । जसमा अञ्जन समूहका प्रबलजंग पाण्डेलगायतले उम्मेदवारी दर्ता गरिसकेको बताइएको छ ।

श्रेष्ठले महासंघलाई नयाँ उचाइमा पु¥याउन र संस्थाको व्यवसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभाव बढाउन आफूले उम्मेदवारी दिएको बताएका छन् ।

उनले भने, ‘अर्थतन्त्र लथालिङ्ग भएको अवस्थामा व्यवसायीका समस्याहरु सुनिनुपर्दछ र यसको लागि महासंघमा सबै तहका उद्योगी व्यवसायीहरुको पहुँच हुनेगरी काम गर्नुपर्दछ । अहिले युवा जोश र जाँगरका साथ संस्थालाई गति दिने नेतृत्वको खाँचो छ ।’


२१ चैत २०७९, मंगलवार १८:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु