punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुरु भयो आइपिएल, उद्घाटन खेलमा चेन्नईलाई हराउँदै गुजरात विजयी

Chaupati
safha napa

इन्डियन प्रिमियर लिगको १६ औ संस्करण शुक्रबार एक भव्य समारोहबिच सुरु भएको छ। उद्घाटन खेल अघि करिब १ घण्टा चलेको उद्घाटन समारोहमा अर्जित सिंह तथा तमन्ना भाटिया, रश्मिका मदाना लगायतले आफ्नो प्रस्तुति दिएका थिए। अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा १ लाखा २५ हजार बढी दर्शकको उपस्थिति रहेको थियो।

उद्घाटन समारोह लगतै भएको पहिलो खेलमा साविक च्याम्पियन गुजरात टाइटेन्सले विजयी सुरुवात गरेको छ। गुजरातले उपाधि दाबेदार चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले दिएको १७८ रनको लक्ष्य गुजरातले ४ बल अगावै ५ विकेट गुमाएर पुरा गरेको थियो। उसका लागि ओपनर शुभमन गिलले सर्वाधिक ६३ रन बनाउँदा ऋद्दिमान साहले २५ रन बनाए। त्यस्तै साइ सुदर्शनले २२ रन बनाउँदा विजय संकर २७ रन बनाएका थिए। त्यस्तै रासिद खानले ३ बलमा १० रन बनाउँदै अविजित रहँदा राउल टिवेटियाले १५ रन बनाएर अविजित रहे।

त्यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो। उसका लागि ऋतुराज गाइकवार्डले ९२ रन बनाउँदा मोइन अलीले २३ रन तथा सिभम दुवेले १९ रन बनाएका थिए। त्यस्तै कप्तान महेन्द्र सिंह धोनी आठौं नम्बरमा ब्याटिङका लागि आउँदै ७ बलमा १४ रनमा अविजित रहे। गुजरातका लागि मोहम्मद सामी, रसिद खान र अलजारी जोसेपले समान २(२ विकेट लिएका थिए।

 


१८ चैत २०७९, शनिवार ०७:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु