punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भीम रावललाई सच्चिन विष्णु पौडेलको आग्रह भने –नभए पार्टीले कदम चाल्छ

Chaupati
safha napa

कैलाली । एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले एमाले नेता भीम रावललाई सच्चिन आग्रह गरेका छन् ।

प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले १० औँ महाधिवेशन पछि एमाले नेता रावलले पार्टीको विधि विधान भन्दा बाहिर गएको आरोप लगाएका हुन् ।
‘उहाँ १० औँ महाधिवेशन पछि पार्टीको विधि विधान मान्न थाल्नु भएन, केन्द्रीय सल्लाहकार परिषद् सदस्यमा मनोनीत गर्दा पनि उहाँले स्वीकार गर्नु भएन’ उनले भने ‘त्यस यता अहिले सम्म पनि उहाँले पार्टीको नीति र नेतृत्व मान्नु भएको छैन । ’

रावललाई अझै पनि पार्टीको गतिविधिमा फर्किन पौडेलले सुझाव दिए । अझै पार्टी विरोधी गतिविधिलाई अगाडी बढाए वा आत्मालोचना नगरे पार्टीले थप कदम चल्न सक्ने पौडेलको भनाइ थियो । उनले अहिलेको गठबन्धनको सरकार लामो समय रहन नसक्ने पनि जिकिर गरे ।
वर्तमान सरकार जनता विरोधी सरकार भएको उल्लेख गर्दै उनले भने ‘यो सरकारको भविष्य छैन ।’ देशमा समस्या पर्दा पनि सरकार सत्तामै केन्द्रित रहेको पौडेलले जनाए । देशमा समस्या पर्दा पनि सरकार सत्तामै केन्द्रित रहेको पौडेलले जनाए ।

पौडेलले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने गरि गृहकार्य गरिरहेको समेत बताए । एमालेले सुरु गरेको मिसन ग्रास रुटले पनि एमालेलाई अझै बलियो बनाएको उनको भनाइ थियो ।


१७ चैत २०७९, शुक्रवार १०:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु