punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खप्तड गोल्डकपः फाइनल प्रवेशका लागि आज सुदूरपश्चिम ११ ले थ्री स्टारको सामना गर्दै

Chaupati
safha napa

छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको दोस्रो सेमिफाइनल आज बिहीबार हुँदैछ । धनगढी रंगशालामा हुने दोस्रो सेमिफाइनलमा थ्री स्टार क्लब र घरेलु टोली सुदुरपश्चिम ११ बीच प्रतिस्पर्धा हुँदैछ ।

आज दुबै टोली जित निकाल्दै फाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको थियो ।


१६ चैत २०७९, बिहीवार १४:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु