punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अन्तर्राष्ट्रिय फुटबलमा मेसीको सय गोल पूरा

Chaupati
safha napa

अर्जेन्टिनी फुटबलर लियोनल मेसीले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सय गोल पुरा गरेका छन्।

बुधवार बिहान कुराकावविरुद्ध भएको मैत्रीपूर्ण खेलमा गोल गर्दै मेसीले अन्तर्राष्ट्रिय गोल शतक पुरा भएको हो।

यो खेलमा अर्जेन्टिना ७९० गोलले विजयी भएको थियो भने मेसीले ह्याट्रिक गरेका थिए। उनले पहिलो हाफमै ३ गोल गरेका थिए। २० औँ मिनेटमा गरेको पहिलो गोलमा मेसीको सय गोल पुरा भएको थियो। त्यसपछि उनले ३३ र ३७ औँ मिनेटमा गोल गरे।

यसअघि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा इरानका अली दाइ र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले मात्र सय गोल पुरा गरेका थिए। दाइ सय गोल पुरा गर्ने पहिलो खेलाडी थिए। हालसम्म रोनाल्डोले एक सय २२, दाइले एक सय ९ र मेसीले एक सय २ गोल गरेका छन्।

सिनियर अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोले एक सय ९८, दाईले एक सय ४८ र मेस्सीले एक सय ७४ खेल खेलेका छन्।


१५ चैत २०७९, बुधवार ०८:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु