आजदेखि धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव सुरु हुँदै,मुख्यमन्त्री शाहले उद्घाटन गर्ने

आजबाट धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव आयोजना हुँदै छ ।

आज देखी १३ गतेसम्म आयोजना हुने महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । तर, प्रधानमन्त्री नआउने भएपछि प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले महोत्सवको उद्घाटन गर्ने भएका छन् ।
दिउसो १२ बजे सुदूरपश्चिम साहित्य समाजको प्राङ्गणमा महोत्सव उद्घाटन हुने अध्यक्ष तीर्थराज पाण्डेयले बताए ।

विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भुटान, म्यानमारलगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहने जनाइएको छ ।

महोत्सवमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई सम्मान गरिने कार्यक्रम तय भएको छ। साहित्यकार झमकलाई रु एक लाख ११ हजार राशिको बद्री–कृष्णा वाङ्मय पुरस्कार प्रदान गरिने छ। महोत्सव आयोजनाका लागि रु ५० लाखभन्दा बढी खर्च हुने आयोजकले जनाएको छ।


१० चैत २०७९, शुक्रवार ०८:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु