punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सत्ता गठबन्धनका सांसदहरूको लागि कैलालीमा आज अभिमुखीकरण हुँदै

Chaupati
safha napa

आगामी राष्ट्रपति निर्वाचनका सन्दर्भमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आज सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गरिने भएको छ ।

यही फागुन २५ गते हुने निर्वाचनमा पूर्व सभामुख पौडेललाई विजयी गराउन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरू रहेको ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ गठन गरिएको छ ।

संयन्त्रको निर्णयबमोजिम कैलालीमा पनि प्रशिक्षण आयोजना गर्न लागिएको हो । यहाँको संयोजनको जिम्मा कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कमल शाहले पाएका छन्।
आज कांग्रेस नेता बद्री पाण्डे लगायतले प्रदेश सभा सदस्यहरुलाई अभिमुखीकरण गर्ने कार्यक्रम तय भएको छ ।

यसअघि आठ दलले संघीय राजधानी काठमाडौँमा प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका आफ्ना सांसदका लागि शीर्ष नेताको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम गरेको थियो ।


१९ फागुन २०७९, शुक्रवार ०७:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु