punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अपराध र तस्करी नियन्त्रण गर्न नेपाल–भारत सुरक्षा अधिकारीहरूको जोड

Chaupati
safha napa

नेपाल–भारतका सीमावर्ती क्षेत्रका अधिकारीहरुले सीमा क्षेत्रमा भइरहेको अपराध र तस्करीलगायतका अवैध कार्य नियन्त्रण गर्न एक अर्काबीच समन्वय र सहयोग आदानप्रदान गर्ने निर्णय गरेका छन्।

भारत पिथौरागढको झुलाघाटस्थित सीमा सुरक्षा बल ९एसएसबी० को क्याम्पमा आयोजित बैठकमा सीमा सुरक्षा र तस्करी नियन्त्रण लगायतमा दुबै देशका अधिकारी मिलेर जाने निर्णय भएको हो।

दुबै देशका अधिकारीहरुले नेपाल–भारत बीच अनाधिकृत रुपमा प्रयोग भइरहेका मार्गमा रोक लगाउनेमा विशेष जोड दिएका छन्।

एसएसबीको झुलाघाटस्थित जी कम्पनीमा बैठक भएको हो। ५५ औँ बाहिनीका कमाण्डेन्ट एसके शर्माको अध्यक्षतामा भएको उक्त बैठकमा सीमा क्षेत्रमा हुने अपराधिक घटनाको सूचना आदान–प्रदान गर्ने, झुलापुल बाहेक अन्य अनधिकृत बाटो ९टायर–ट्यूब० बाट हुने आवागमनमा रोक लगाउने र मानव तस्करी नियन्त्रण गर्नेमा दुबै देशका अधिकारी सहमत भएका छन्।

बैठकमा बैतडीस्थित सशस्त्र प्रहरीका प्रहरी निरीक्षक लाल बहादुर नेगी, नेपाल प्रहरीका प्रहरी निरीक्षक लोकराज जोशी, प्रहरी चौकी जुलाघाटका सई योगेश बहादुर पाल, सशस्त्र प्रहरीका सई रघुनाथ जोशीको उपस्थिति रहेको थियो।

यस्तै भारतको झुलाघाटस्थित प्रहरी थानाका निरीक्षक पीसी जोशी, भन्सार निरीक्षक शिबेन्द्र पाण्डे, आईबीका प्रशांत कुमार, धर्मेन्द्र कुमार, जी कम्पनीका निरीक्षक रणवीर सिंह, सूचना निरीक्षक गणेश सिंहलगायतको बैठकमा सहभागिता रहेको थियो।


१३ फागुन २०७९, शनिवार १८:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु