सन्दीप लामिछानेको मुद्दाको पेसी आज
सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आजका लागि तोकेको छ । लामिछानेले बिहीवार सर्वोच्चमा दायर गरेको मुद्दाको पेसी आजका लागि तोकिएको हो ।
नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीवार सर्वोच्च अदालत पुगेका थिए ।
धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिवन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिवन्धात्मक व्यवस्था हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।
आज सर्वोच्चले सन्दीपको पक्षमा फैसला गरेमा उनी दुबईमा हुने आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सीरीजमा सहभागिताको बाटो खुल्ने छ ।
१२ फागुन २०७९, शुक्रवार ०९:५० बजे प्रकाशित































