punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा दैजी–छेला औद्योगिक क्षेत्रको कार्यालय उद्घाटन, मन्त्री भण्डारी भन्छन् -पश्चिमबाट औद्योगिक विकासको सुरुवात भयो

Chaupati
safha napa

कञ्चनपुरमा दैजी–छेला औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रको कार्यालयको उद्घाटन गरेका हुन् । विकासविना समृद्धिको यात्रा अगाडि बढ्न नसक्ने मन्त्री भण्डारीले औद्योगिक क्षेत्रको विकास पश्चिमबाट सुरुवात गरिने बताए ।

दैजी छेला औद्योगिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गर्नका लागि कार्यालय स्थापना गरिएको उनले बताए।

‘औद्योगिक क्षेत्रको काम गर्नका लागि कार्यालय खोलिएको छ, कैलालीको हरैया विशेष आर्थिक क्षेत्र र लुम्बिनीको नौवस्ता औद्योगिक क्षेत्र बन्दै छ,’ उनले भने, ‘अब औद्योगिक विकास दैजी बाट सुरु भएर पूर्व जाने छ।’

दोधारा चाँदनीमा सुख्खा बन्दरगाह तीन वर्षभित्रमा बनिसक्ने मन्त्री भण्डारीले बताए। लगत्तै भारतसँग एमओयू हुने पनि उनले बताए। ‘थोरै प्रक्रिया बाँकी छ, भारतसँग एमओयू गरेर तीन वर्षभित्र काम सकिन्छ,’ उनले भने।

मन्त्री भण्डारीले दैजी छेला औद्योगिक क्षेत्र निर्माणका लागि रुख कटानको लागि वन मन्त्रालयसँग समन्वय गरेकोले यो समस्या समाधान हुने बताए। औद्योगिक क्षेत्रको जमिन भोगाधिकारका लागि केही दिनमै यो प्रस्ताव क्याबिनेटमा लैजाने उनले बताए।


८ फागुन २०७९, सोमवार २१:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु