अरुण चौधरीलाई राष्ट्रपतिबाट माफी मिनाहा गराउने प्रयास

निलम्बित प्रतिनिधि सभा सदस्य एवं नागरिक उन्मुक्ति पार्टीका नेता अरुणकुमार चौधरीको सजायलाई राष्ट्रपतिबाट माफी मिनाहा गराउने विषयमा छलफल थालिएको छ ।

उच्च अदालत दिपायलले बुधबार अन्तरिम आदेश जारी नगर्ने गरी फैसला गरेपछि सरकारले उनको सजाय कटौतीका लागि राष्ट्रपतिबाट माफी मिनाहा गराउने विषयमा छलफल भएको हो ।

दिपायल उच्च अदालतका न्यायाधीश देशबहादुर सार्की र गणेश ठाकुरको इजलासले उनलाई छाड्न नमानेपछि नागरिक उन्मुक्ति पार्टीले उनलाई छाड्न दबाब दिन थालेको छ । १९ माघमा बर्दियाबाट लुम्बिनी प्रदेश प्रहरीले पक्राउ गरेर २० गते चौधरीलाई जिल्ला अदालत पेश गरिएको थियो ।

सोही दिन अदालतले चौधरीलाई कारागार चलान गरेको थियो । २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०६७ भदौ २ कैलाली जिल्ला अदालतमा अरुण चौधरीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।

सो विषयमा राष्ट्रपतिबाट माफी दिने तयारी भएको स्रोतको दावी छ । यो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली सहमत भैसकेको स्रोतले जनाएको छ ।


५ फागुन २०७९, शुक्रवार १३:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु