पूर्व प्रधानमन्त्री झलनाथ खनाल धनगढीमा
धनगढी । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल धनगढी पुगेका छन्।
आज (मंगलबार ) खनाल पार्टीको प्रदेशस्तरीय प्रशिक्षणका लागि धनगढी पुगेका हुन्।
हिजोदेखि सुरु भएको प्रशिक्षण भोलि (बुधबार ) सकिनेछ। हिजो अध्यक्ष माधव नेपाल भने प्रशिक्षण दिएर काठमाडौं फर्किसकेका छन् ।
पार्टीका केन्द्रीय कमिटी सदस्य र ९ ओटै जिल्ला कमिटीका अध्यक्ष र सचिवलाई प्रशिक्षण दिइँदै छ।
२ फागुन २०७९, मंगलवार ११:०२ बजे प्रकाशित































