punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एलपीएल : को को पुगे अन्तिम चारमा ?

Chaupati
safha napa

कैलालीका धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को अन्तिम चारमा पुग्ने टिमको टुङ्गो लागेको छ।

सोमबार कैलालीको बौनियामा रहेको नव बालबाटिका विद्या मन्दिरले अत्तरियाको गुराँस एकेडेमीलाई पराजित गरेसँगै एलपीएलको अन्तिम चारमा पुग्ने ४ टोलीको टुङ्गो लागेको हो।

जारी संस्करणमा अपराजित रहेको डिफेन्डिङ च्याम्पियन सत्यवती एकेडेमी, लोटस आई स्कुल अत्तरिया र लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी यस अघि नै अन्तिम चारमा पुगिसेका टोली हुन्। सोमबार अन्तिम चारका लागि भएको निर्णायक खेलमा नव बाल बालबाटिकाले गुराँस एकेडेमीलाई ७३ रनले पराजित गर्दै सेमिफाइनलको यात्रा पक्का गरेको हो।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको बालबाटिकाले २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ४१ रन बनायो। १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको गुराँसले १४।१ ओभरमा आफ्ना सबै विकेट गुमाएर ६८ रन मात्रै बनाउन सक्यो।

अब प्रतियोगितामा मङ्लबार लिग चरणको अन्तिम खेल शारदा विद्या निकेतन र सैनिक आवासीय महाविद्यालय तेघरीबिच हुनेछ। दुवै टोली प्रतियोगिताको उपाधि होडबाट भने बाहिरिइसकेका छन्। बिहीबार दुई सेमिफाइनल र शनिवार उपाधि भिडन्त हुनेछ।

लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०र१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ। प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन्।


१ फागुन २०७९, सोमवार १८:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु