punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा फागुन १६ देखि सूचना प्रविधि प्रदर्शनी सुरु हुने

Chaupati
safha napa

कम्प्युटर एसोसिएसन नेपाल कैलालीले धनगढीमा सूचना प्रविधि प्रदर्शनी (क्यान इन्फोटेक २०२३) आयोजना गर्ने भएको छ । आज पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी फागुन १६ गते देखि २० गते सम्म सूचना प्रविधि प्रदर्शनी सुरु हुने जानकारी गराइएको हो ।

पहिलो इन्फोटेक भएको सात बर्सपछि कैलालीमा दोस्रो संस्करणको आयोजना गर्न लागिएको हो ।

मेलामा सूचना प्रविधिको बारेमा जानकारी दिने, नवीनतम प्राविधिक सामग्रीको प्रदर्शनी गरिने, साइबर सेक्युरिटी सम्बन्धी जानकारी दिइने कम्यूटर एसोसिएसन कैलालीका अध्यक्ष यज्ञराज ओझाले बताए ।

इन्फोटेक मेला मूल संयोजक नरेशसिंह धामीका अनुसार देश विदेशमा भित्रिएका नवीनतम प्रविधिको बारेमा मेलामा जानकारी दिइने छ । त्यसै गरी सबै प्रकारका प्रविधिहरूको एउटै ठाउँमा प्रदर्शनी गरिने छ । यसका साथै प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर सेमीनारको पनि आयोजना गरिने छ ।

मेलामा विद्यार्थीले उत्पादन गर्ने प्राविधिक सामग्रीको पनि प्रदर्शनी गरिने छ । ५० स्टल रहने उक्त प्रदर्शनी प्रदेशका सबै जिल्लाबाट ५० हजार देखी १ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।


१ फागुन २०७९, सोमवार १८:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु