punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पत्रकार लक्की चौधरीलाई यदु स्मृति पत्रकारिता पुरस्कार

Chaupati
safha napa

यस वर्षको ‘यदु स्मृति पत्रकारिता’ पुरस्कार गोरखापत्रमा कार्यरत कैलालीका लोकबहादुर चौधरी (लक्की चौधरी) लाई प्रदान गरिने भएको छ ।

पुरस्कार सिफारिस समितिले चौधरीलाई पुरस्कृत गर्ने निर्णय गरेको समितिका सदस्यसचिव रुद्र खड्काले जानकारी दिए ।

विसं २०५३ देखि कैलालीबाट पत्रकारितामा संलग्न चौधरी कार्यक्षेत्रबाट विस्थापित भए पनि निरन्तर पेसामा सक्रिय रहेकोमा उच्च कदर गरी पुरस्कार दिने निर्णय गरिएको समितिका सदस्यसचिव खड्काले बताए । थारु भाषाको प्रथम दैनिक पत्रिका ‘हमार पहुरा’ का सम्पादक प्रकाशक रहेर कैलालीबाट पत्रकारिता गरेका पत्रकार चौधरीले २०५९ चैत २९ देखि तत्कालीन थारु भाषाको साप्ताहिक पत्रिका ‘पहुरा’ साप्ताहिक प्रकाशन गरेका थिए ।

पत्रकारिता, समाजशास्त्र तथा राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका चौधरी २०६६ देखि गोरखापत्र दैनिकमा कार्यरत रहेका छन् । कैलाली स्थायी घर भएका चौधरी गोरखापत्र दैनिकको उपसम्पादक हुन । पत्रकारिता माध्यमबाट शान्ति स्थापना, मानवअधिकार परिपालना तथा दण्डहीनता अन्त्यमा उनले गरेको योगदानको कदर गर्दै सो पुरस्कार प्रदान गर्न लागिएको हो ।

पुरस्कार यही फागुन २१ गते यदु स्मृति दिवसका अवसरमा रु २० हजारसहित प्रदान गरिनेछ । यदु स्मृति प्रतिष्ठानले हरेक वर्ष दिवसका अवसरमा मानवअधिकार, शान्ति स्थापना र दण्डहीनताका पक्षमा कलम चलाउने एक पत्रकारलाई पुरस्कृत गर्दै आइरहेको छ ।

तत्कालीन नेकपा ९एमाले० रुकुमका सचिव रहेका युद गौतमलाई रुकुम सदरमुकामबाट चौरजहारी जाने क्रममा २०५६ फागुन २१ गते बाटोमा हत्या गरिएको थियो ।


१ फागुन २०७९, सोमवार १८:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु