punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा नेकपा एसको प्रदेश स्तरीय प्रशिक्षण सुरु, प्रमुख अतिथि माधव नेपाल

Chaupati
safha napa

कैलाली । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी सुदूरपश्चिमको प्रदेश स्तरीय प्रशिक्षण सुरु भएको छ ।

पार्टीको नीति तथा कार्यक्रम मार्फत कार्यकर्ता लाई जागरूक पार्न ३ दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरीएको पार्टीका प्रदेश इन्चार्ज गरीमा शाहले जानकारी दिइन् ।

पार्टीका अध्यक्ष माधव नेपाल,उपाध्यक्ष प्रमेश हमाल, स्कुल विभागका सचिव अषेश घिमिरे, स्थायी कमिटी सदस्यहरूले प्रशिक्षण गराउने छन् ।
सोमबार देखी सुरु भएको प्रशिक्षण फाल्गुन २ गते सम्म चल्ने छ । प्रदेश ९ जिल्लाहरू बाट ६० जना सहभागी छन् ।

प्रशिक्षण पछि अभियानकै रुपमा जिल्ला, स्थानीय कमिटीहरूमा प्रशिक्षण गराउने तयारी रहेको सचिव दिनेशचन्द्र सुवेदीले जानकारी दिए । प्रदेश पार्टीका केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आथित्यतामा सुरु भएको कार्यक्रमको अध्यक्षता प्रदेश कार्यवाहक अध्यक्ष शेर बहादुर कुँवरले गरेका थिए ।


१ फागुन २०७९, सोमवार १४:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु