कैलालीमा बाघको छाला सहित २ जना पक्राउ
कैलाली । कैलालीमा बाघको छाला सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको गोदावरी नगरपालिका २ अत्तरिया बसपार्कबाट २ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेती बाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा अछाम चौरपाटी ५ का १८ बर्षिय सुवास बोहरा र सोही ठाउँका १७ बर्षिय सुनिल बोहरा पक्राउ परेका हुन् ।
उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१ फागुन २०७९, सोमवार १३:४३ बजे प्रकाशित






























