प्रधानमन्त्री प्रचण्डद्वारा गेटा स्थित शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको निरीक्षण
कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गेटा स्थित शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको निरीक्षण गरेका छन् ।
प्रधानमन्त्री भएपछि पहिलो पटक सुदूरपश्चिमको भ्रमणमा आएका प्रचण्डले राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको निरीक्षण पछि कञ्चनपुर लागेका छन् ।
महेन्द्रनगरमै खाना खाने र त्यसपछि सुख्खा बन्दरगाह,महाकाली पुल,महाकाली कोरिडोरको निरीक्षण अवलोकन र छलफल गर्ने छन् ।
आजै प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवसको अवसरमा जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रमलाई पनि सम्बोधन गर्ने गर्ने छन् । त्यस लगत्तै कञ्चनपुर महोत्सवमा सम्बोधन गर्ने र आजै काठमाडौँ फर्किने तालिका रहेको छ ।
१ फागुन २०७९, सोमवार १३:१८ बजे प्रकाशित






























